चितवन । पर्यटकीय नगरी सौराहा क्षेत्रमा केही दिनदेखि दुर्लभ जलचर ‘डल्फिन’ देखिन थालेको छ । नारायणी नदीको मेघौलीमा धेरै वर्षपछि गत वर्ष एक पटक डल्फिन देखिएको थियो तर सौराहाको राप्ती नदीमा पहिलो पटक खेल्दै गरेको अवस्थामा देखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । दुर्लभ जलचर देखिनु धेरै सकारात्मक भएको उहाँले बताउनुभयो ।…