एनआरएन अष्ट्रेलिया फाउन्डेसनले पायो मान्यता, दिइएको चन्दा करफिर्ता गर्न सकिने

मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले बनाएको एनआरएन अष्ट्रेलिया फाउन्डेसनले अष्ट्रेलियन च्यारिटी एण्ड ननफर प्रोफिट कमिशन (एसीएनसी) बाट मान्यता पाएको छ । शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष अनिल पोखरेलले यस विषयमा जानकारी दिएका हुन् । यतिमात्र होइन संस्थाले डिडक्टेबल गिफ्ट रेसिपियन्ट मान्यता समेत प्राप्त गरेको छ । यसको अर्थ हुन्छ संस्थालाई…